Wednesday, August 4, 2021

सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु

काठमाडौं – भक्तपुर, उदयपुर, चितवन, मोरङ र महोत्तरीका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको प्रहरी प्रधनकार्यालयले जनाएकाे छ ।

भक्तपुरकाे मध्यपुर ठिमी नगरपालिका-४ चारदोबाटोस्थित सडकमा काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको बा.९३ प ९६५२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई रेलिङमा ठक्कर खाई बिहीबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक संखुवासभा चैनपुर घर भई सिन्धुपाल्चोक बाह्रबिसे बस्ने ४३ वर्षीय प्रकाश भट्टराईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

यस्तै उदयपुरकाे ताप्ली गाउँपालिका-५ डुढेस्थित भित्री सडकमा कटारीबाट रुपाटारतर्फ जाँदै गरेको प्र.२-०१-००-१ च-००५० नम्बरको बोलेरो गाडीबाट ओर्लने क्रममा गाडीले किच्दा गाडीमा सवार सोही गाउँपालिका-५ बस्ने २५ वर्षीय रमेश नेपालीको बिहीबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि कटारी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै चितवनकाे भरतपुर महानगरपालिका-३ पुल्चोकस्थित सडकमा गैंडाकोटबाट चौबीसकोठीतर्फ जाँदै गरेको ना.५ ख ५८१६ नम्बरको ट्रकले ना.५९ प ३५०४ नम्बरको स्कुटरलाई बिहीबार दिउँसो ठक्कर दिंदा स्कुटरमा सवार सोही ठाउँ बस्ने ३० वर्षीया बिणु दवाडीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज भतरपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी मोरङकाे बुढीगंगा गाउँपालिका-३ स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने २० वर्षीय रामकुमार राजबंशीको बिहीबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको  क्रममा मृत्यु भएको हो । शंकास्पद ८ वटा सवारी साधनहरुलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।

त्यसैगरी महोत्तरीकाे शम्सी गाउँपालिका-१ पर्सास्थित सडकमा गौशालाबाट शम्सीतर्फ जाँदै गरेको ज.१० प २१५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक धनुषा बेङ्गाडावर बस्ने २९ वर्षीय बिबेक कुमार स्याङ्वोको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जलेश्वर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं