जुवातास खेलिरहेको अवस्थामा नगद सहित ११ जना पक्राउ

भक्तपुर – जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । चाँगुनारायण नगरपालिका-२ दुवाकोट फोक्सिङटार डेरा गरी बस्ने दोलखा मेलुङ गाउँपालिका-६ घर भएका ४१ वर्षीय दिपेश भण्डारीको कोठामा तास खेलिरहेका अवस्थामा भण्डारी लगायत ११ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे।

उनको कोठामा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २४ हजार २ सय ४० रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।

Leave a Reply

ताजा खबर

लटरम्म गोलभेडा

यो पनि पढौं