Sunday, July 25, 2021

नेपाल ल्याइयो चीनबाट खरिद गरेको भेरोसेल खोपको ८ लाख डोज


काठमाडौं – सरकारले चीनबाट खरिद गरेको ८ लाख डोज भेरोसेल खोप नेपाल ल्याइएको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजद्धारा शुक्रबार बिहान भेरोसेलको आठ लाख डोज आइपुग्यो हो ।

नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख मात्रा खोप खरिदको सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार भेरोसेल खोपको पहिलो खेप शुक्रबार बिहान काठमाडौं ल्याइएको हो ।

स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार आज शुक्रबार आठ लाख डोज भेरोसेल खोप ल्याइएको र बाँकी खोप थप उडानमार्फत् ल्याइने छ ।

साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप नेपाल ल्याइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खोप ६० वर्ष मुनि उमेर समूहकालाई प्राथमिकताका आधारमा लगाउने मन्त्रालयको तयारी छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं