Wednesday, August 4, 2021

डिआइजी थापालाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं – डिआइजी सहकुल थापालाई एआइजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) सहकुलबहादुर थापालाई अतिरिक्त महानिरीक्षक (एआइजीपी)मा बढुवा गर्ने निर्णय गरेको छ ।

गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा जेठ १४ गते बसेको बढुवा सिफारिस समितिले थापालाई डीआईजीपीबाट एआइजीमा बढुवा गर्नका लागि सिफारिस गरेको थियो ।

केहि दिनअघि बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीमा एक (एआइजी)को दरबन्दी सृजना गरेको थियो । हाल नेपाल प्रहरीमा चार एआइजीको दरबन्दी रहेकोमा अब पाँच पुगेको छ । डीआइजीपी थापा एआईजीपीमा बढुवा भएसँगै पोखरेलसँग प्रहरी महानिरीक्षकको प्रतिस्पर्धामा उभिएका छन् ।

गत वर्ष नेपाल प्रहरीको संगठनात्मक संरचना (ओएन्डएम)बाट तीन जनाबाट थप गरेर एक एआइजीको दरबन्दी बढाउने निर्णय भएको थियो । नयाँ ओएन्डएम नभइकन अहिले एआइजी दरबन्दी बढाइएको हो ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं