Sunday, July 25, 2021

रामपुरमा कोभिड १९ को असर चुनौती र सुरक्षा सम्बन्धी अन्र्तक्रिया

पाल्पा–पाल्पाको रामपुर नगरपालिकामा कोभिड १९ को असर, चुनौती र सुरक्षाको उपाय विषयक सचेतनामुलक अन्र्तक्रिया कार्यक्रम भएको छ ।

कालीगण्डकी सामुदायिक विकास केन्द्रको आयोजनामा सामुदायिक रेडियो रामपुरमा कार्यरत पत्रकार, रेडियो प्रतिनिधि र संचालक समितिका लागि लक्षित गरी तालिम आयोजना गरिएको हो ।

केन्द्रका अध्यक्ष देबेन्द्रप्रसाद पोखरेलको अध्यक्षतामा कार्यक्रम भएको हो । अध्यक्ष पोखरेलले संचार मन्त्रालयबाट प्राप्त दुई लाख रुपैयाँ वजेट सहयोगमा रेडियोमा आबद्ध कर्मचारी, विभिन्न ठाउँ ठाउँबाट समाचार संप्रेषण गर्ने प्रतिनिधि तथा संचालक समितिका लागि कोभिड लक्षित कार्यक्रम आयोजना गरिएको बताए ।

वि.सं २०६१ सालमा स्थापना भएको यस कालीगण्डकी सामुदायिक विकास केन्द्रको मातहतमा रहने गरी कालीगण्डकीवेशीकै पहिलो रेडियो सामुदायिक रेडियो रामपुर २०६५ सालमा स्थापना गरी हाल संचालन रहेको छ।

संस्थांका पूर्व अध्यक्ष बासुदेव देवकोटाले कोभिडको महामारी फैलिरहेको अवस्थामा आयोजना गरिएको कोभिड १९ को असर, चुनौती र सुरक्षाको उपाय विषयक सम्बन्धी सचेतनामुलक अन्र्तक्रिया कार्यक्रम अति महत्वपूर्ण रहेको र कोभिडबाट सर्तक भएर काम गर्न कर्मचारी तथा रेडियो प्रतिनिधिलाई आग्रह गरे ।

सामुदायिक रेडियो रामपुरका पूर्व स्टेशन प्रबन्धक सुकदेव पोखरेलले सामुदायिक रेडियो रामपुर नेपालमै नमुना रेडियोको रुपमा रहेको बताउँदै रेडियोले समदायमा ठुलो सकारात्मक प्रभाव पारेको जानकारी दिए ।

रामपुर अस्पतालका डाक्टर साकार ढकालले कार्यक्रमको सहजिकरण गर्नुहुदै कोभिडबाट बच्ने उपाय सम्बन्धमा जानकारी गराएका थिए । केन्द्रका उपाध्यक्ष एकराज अर्यालको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन सदस्य सचिव छबिलाल खनालले गरेका थिए।

साथै सोही अवसरमा सामुदायिक रेडियो रामपुरका संचालक समिति, कर्मचारी र प्रनिनिधि बीच रेडियोको संस्थागत विकास सम्बन्धमा अन्र्तक्रिया तथा छलफल भएको छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं