Sunday, July 25, 2021

थप १८ सय ७५ मा संक्रमण पुष्टि, १२ सय ८६ जना संक्रमणमुक्त

काडमडौं – पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट २९ जनाको मृत्यु भएको छ । थप १८ सय ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयलका अनुसार ५३ सय ७४ पीसीआर परीक्षण गर्दा १२ सय १८ जना र ५१ सय ३० एन्टिजेन परीक्षण गर्दा ६ सय ५७ गरी १८ सय ७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १२ सय ८६ जना संक्रमणमुक्त भएका छन् ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं