५ विद्यार्थी संगठनद्धारा मुल्यद्धि फिर्ता गर्न आयल निगममा ज्ञापन पत्र पेश

काठमाडौं – पेट्रोलियम पदार्थमा गरिएको चर्को मुल्यद्धि तत्काल फिर्ता गर्न ५ विद्यार्थी संगठनले नेपाल आयल ज्ञापन पत्र पेश गरेका छन् । उनीहरुले पेट्रोलियम पदार्थमा गरिएको चर्को मूल्यवृद्धिप्रति गम्भीर ध्यानाकर्षण गराउन आज अषाढ २४ गते बिहिबार नेपाल आयल निगम लिमिटेड केन्द्रीय कार्यालय काठमाडौंमा संयुक्तरुपमा ज्ञापनपत्र बझाएका हुन् ।

ज्ञापन पत्र बुझाउनेमा नेपाल विद्यार्थी संघ: राजिब ढुंगाना, अखिल क्रान्तिकारीः रञ्जित तामाङ, अनेरास्ववियु: सुरेश पराजुली, समाजवादी विधार्थी युनियनः रुपनारायण श्रेष्ठ , अखिल छैटौंः बिमल पोखरेल रहेका छन् ।

कोभिड कहरले आक्रान्त भएका जनताको चुलोचौको माथि ठाडो प्रहार गर्न पट्रोलियम पदार्थको मुल्यवृद्धि तत्काल फिर्ता लिन विद्यार्थी संगठनहरुले माग गरेका हुन् ।

उनीहरुले माग पुरा जगरे जनता मार्ने यस जनविरोधी निर्णयका विरुद्ध संयुक्त विद्यार्थी संगठनको तर्फबाट कडा आन्दोलनमा उत्रने चेतावनी दिएका हुन् ।

उनीहरुले सरकारद्धारा नियन्त्रित नेपाल आयल निगमद्धारा पटकपटक गर्दै ०७८ आषाढ २२ गतेसम्म आइपुग्दा पेट्रोलियम पदार्थमा गरिएको चर्को मूल्यवृद्धिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

कोरोना महामारी र लामो समयदेखिको बन्दाबन्दीको कारण आम उपभोक्ताको जन – जीवन अत्यन्तै कष्टकर बन्दै गएको अवस्थामा अत्यावश्यकीय उपयोग्य बस्तुमा मुल्यवृद्धि हुन् अत्यन्तै आपत्तिजनक विषय रहेको ज्ञापन पत्रमा उल्लेख गरीएको छ ।

निगम आफैले गरेको निर्णय समेतलाई लत्याएर स्वचालित मुल्य प्रणालीलाई उल्लङ्कन गर्दै मुल्य स्थिरिकरण । कोषची आवश्यक उपयोग गर्ने विधिको पर्वाह र पालना नगरी एकतफी ढंगवाट मुल्यवृद्धि गरिएको उनिरुको आरोप छ ।

ज्ञापन पत्रमा भनिएकाे छ: जनतालाई राहत र सहुलियतको जरुरत रहेको अवस्थामा थप पिडा र आरत दिने यो मुल्यवृद्धि घोर जनविरोधी र धातक रहेको छ । पेट्रोलियम पदार्थमा मुल्पवृद्धि हुनु भनेको सामान बुवानी र खर्चको वद्धि तथा सवारी आगगमनमा समेत मुल्यवृद्धि हुँदै अन्ततः सम्पूर्ण उपभोग्य वस्तुको बजार मूल्यवृद्धि हुन ।

नागरिकको जीवन यापन सहज बनाउने आधारभुत कर्तव्यबाट च्यूत हुँदै पेट्रोलियम पदार्थमा गरिएको चर्को मुल्यद्धि तत्काल फिर्ता गर्न र उल्लेखित विषयहरुमा गम्भीर ध्यानाकर्षण गराउन संयुक्त विद्यार्थी संगठनको तफबाट यो ज्ञापन पत्र पेश गरिएको जनाएका छन् ।

उनीहरुले ज्ञापन पत्रमा निम्नअनुसारका माग उल्लेख गरेका हुन्ः
लकडाउनमा आम उपभोक्ताको आम्दानी घटेको र रोजगारी गुमेको पीडादायी अनस्थागा पेट्रोलियम पदार्थको मूल्यबाद तत्काल बारेज गरियोस् ।

ठुलो नाफा आर्जन गरेको आयल निगगले अन्तराष्ट्रिय बजारमा मुल्य धेरै बढ्ने वित्तिकै त्यसैको बहानामा मुल्यवृद्ध गर्न पूर्णतः गलत हो । नाफा संत्रित गरी मूल्यवृद्धि उपभोक्ताको थप्लोमा हाल्ने प्रवृत्ति बन्द गरियोस ।

पेट्रोलियम पदार्थमा धोपरिएको कर केवल जनता चस्ने नियत मात्र हो । के दैनिक उपभोग्य बस्तुमा यतिविघ्न कर लगाउनु न्यायोचित छ ?

पेट्रोलियम पदाथमा विभिन्न शिर्षकमा असुल्दै आएको करको दायरा घटाई जनतालाई सहुलियत दरमा उपलब्ध गराइयोस् ।

निगमद्वारा हाल लगाइएको भन्सार शुल्क , सडक मर्मत सम्भार कर , पूर्वाधार विकास कर प्रदुषण शुल्क , मुल्य स्थिरीकरण कोष , मुल्य अभिवृद्धि कर , संस्थागत आयकर लगायत विभिन्न शिर्षकमा उठाइएको रकमको औचित्यता , पारदर्शिता पुष्टि गरियोस् । खर्च हुन नसकेका अनुचित शिर्षकमा थप रकम जम्मा गर्दै नागरिकमा थप व्ययभार लगाउने काम बन्द गरियोस्

मुल्य स्थिरीकरण कोषको सदुपयोग गरी महामारीको समयमा उपभोक्तालाइ सहुलियत दिने व्यवस्था गरियोस् ।

निगममा व्यवस्थापकीय सुधार , कालोबजारी नियन्त्रण गर्दै अनावश्यक खर्च कटौती गरियोस् र मुल्यवृद्धि नियन्त्रण गरियोस्

विगतमा दुई रङ्खको ग्यास सिलिण्डर बनाई विद्यार्थीलाई परिचयपत्रको आधारमा सहुलियत दरमा एलपि ग्यांस उपलब्ध गराउने गरी विद्यार्थी आन्दोलन र नेपाल आयल निगमविच भएको सहमति कार्यान्वयन गर्ने प्रक्रिया तत्काल अघि वढाइयोस् जस्ता मागहरु रहेका छन् ।

Leave a Reply

ताजा खबर

लटरम्म गोलभेडा

यो पनि पढौं