जयदेश श्रेष्ठका दुई लघुकथा

बुझक्कड श्रीमती

जयदेश श्रेष्ठ दशैको रमाइलोमा साथीभाइ सँग तास म्यारिज खेल्दा अक्सर म सधैँ जसो जितेको हुन्थे ।

तपाई आज पनि हार्नु भयो हैन ? श्रीमतीले ससंश़्क्रिट हुँदै सोधिन् ! हो नि आज त तासमा माल परेन !

बुढीलाई भोलि जितिएला नि आशा देखाए । पटक पटक हारे पछि , आज श्रीमतीलाई जितेँ भनेर ढाँटेर हजार रुपियाँ जितौरी दिने बिचारले छुटाएको थिए । पैसा दिनु भन्दा पहिले , तपाई आज पनि हार्नु भयो ! म हारेको कुरा उनले कसरी थाहा पाए ।

म अचम्ममा परेँ । हो भनेको बुढी यस पाली के भयो , भयो । म हारेको हारे भएँ । तपाईँले यसपालि माल नै थाहा पाउनु भएन है ! हो ! मैले सहजै स्विकारे । अब तास सास खेल्न जाने होइन ।

घरमा नै मलाई बुढीले क्वारान्टाईनको व्यवस्था मिलाए । म बाट अलि टाढा रहेर मलाई कोरोना लागेको बुढीले पुष्टि गरिन् । म अचम्ममा परेँ । के गरेको यस्तो ! मलाई कोरोना लागेको छैन भन्या !

चुप लागेर बस्नुहोस् । टोलका मान्छे सबैले थाहा पाउँछ अनि छि छि र दूर दूर गर्छन् । बुढीले भन्दै गइन् । तपाईँको साथीहरूले भनेको तपाईँले म्यारिज खेल्दा कहिल्यै पनि हार्दैन । तासको माल सुँघेर थाहा पाउँछ ।

यसपालि तपाई हार्नुको कारण पनि कोरोना नै हो । किन भने कोरोना लागे पछि कसरी सुघ्ने ? गन्ध नै थाहा पाउँदैन रे ! लौ खतम !

अङ्खोरा

कलेज पढेको घोर्ले छोरो ! हामीले भनेको फिटिक्कै टेर्ने होइन । न टाइममा सुत्छ, न टाइममा उठ्छ । न यसो ,न त्यसो ! केही मतलब छैन घरको । त्यही कोठा भित्र मोबाइल ल्यापटप गेम खेल्यो बस्यो ।

न हामी सँग सँगै खाना खान्छ । हामीले भनेको केही मान्दैन ! कसले भनेको मान्छ हँ ! आमा चाही पनि दिक्क भै सकी ! मैले पछाडिबाट चियाउँदै थिए । तरकारी सँग भात मुछुनु ।

अचार मुखमा राख्नु ! ल त्यो काउली चपाउनु । अ त्यो हातको गिलास छोड्नु खाना खाने बेलामा पानी खान हुँदैन । ऐ हो ई ऐ हो ई , तेरा भात खान समेत उताबाट सिकाउनु पर्ने ।

खुरुक्क मोबाइल तल राख ! तेरा नौटकी ! गोब्रे गणेशलाई भात खान पनि उताबाट सिकाउनु पर्ने , सोध्नु पर्ने ? तिमीहरूका चौबिसै घण्टा अनलाइन ।

यो बैशको माया प्रीति ! धेरै नखोक्नु ! धेरै खायो भने चिनी पनि तितो हुन्छ । मैले छोरोलाई सम्झाउँदै भने हेर छोरा हाम्रो माया पनि तिमीहरूका भन्दा कम थिएन।

अहिले सात दिन भो तेरी आमा सँग बोलचाल नभएको ! छोराले भन्यो , मेसेन्जरमा च्याट गरे भै गो नि ! कि सानोमा जस्तै, मै भन्दिम ! मम्मी ड्याडीलाई भात राख्दिनु रे ! भन्दै छोरो तल ओर्लियो ।

खाना पस्किन्देै गरेकी ! मैले अंखोरालाई भने , ऐ अङ्खोरा म खाना खाँदिन भन् अहिले ! उताबाट बोलिन ऐ अङ्खोरा भन् मेरो मिटिङ छ ढिला भै सक्यो । मैले भने ऐ अङ्खोरा थोरै मात्र भात ! उताबाट बोलिन् हस् अङ्खोरा !

Leave a Reply

ताजा खबर

लटरम्म गोलभेडा

यो पनि पढौं