Sunday, July 25, 2021

बुद्ध एयरले शुक्रबारदेखि काठमाडौं–राजविराज नियमित उडान सुरु गर्दै

काठमाडौं – निजी वायुसेवा कम्पनी बुद्ध एयरले भोली शुक्रबारदेखि काठमाडौं–राजविराज नियमित उडान सुरु गर्ने भएको छ । निषेधाज्ञाका कारण दुई महिना अघिदेखि बन्द भएको उडान फेरि सुरु हुन लागेको हो ।

सुचना अधिकारी दिपेन्द्र कुमार कर्णका अनुसार कम्पनीले मंगलबारदेखि उक्त गन्तब्यका लागि बुकिङ खुला गरेको छ ।

गत बिहीबारदेखि नियमित उडान पुनः सुरु भएसँगै राजविराज बाहेक सबै गन्तब्यमा उडान सुरु गरेको जनाइएको छ । भोली शुक्रबारदेखि राजविराजमा पनि नियमित उडान सुरु गरीने सुचना अधिकारीले जनाइका छन् ।

कम्पनीले एटिआर–७२ सिरीजको जहाजमार्फत यो गन्तब्यमा साताको एउटा नियमित उडान गर्दै आएको छ । राजविराज उडान पुनः सुरु भएसँगै कम्पनीको दैनिक ३२ वटा उडान हुने बताइएको छ ।

सुचना अधिकारीलका अनुसार उक्त गन्तब्यका लागि सुरुवाती भाडादर २८ सय रुपैयाँ निर्धारण गरिएको छ । नागरिक उड्डयन प्राधिकरणको अनुमति पाएसँगै कम्पनीले अन्तर प्रादेशिक उडान पनि सुरु गर्ने तयारी रहेको बताइएको छ ।

कम्पनीले एटिआर–७२, एटिआर–४२, विचक्राफ्ट लगायत तीन किसीमको जहाजमार्फत विराटनगर, पोखरा, धनगढी, भरतपुर, जनकपुर, भैरहवा, भद्रपुर लगायत विभीन्न गन्तब्यमा नियमित उडान गर्दै आएको छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं