Saturday, July 24, 2021

नारायणगढ–मुग्लिन सडकखण्ड बन्द छ

काठमाडौं– आज (बिहीबार) नारायणगढ–मुग्लिन सडकखण्ड बिहानै देखि बन्द छ । अविरल वर्षापछि खसेको पहिरोको कारण सडक अवरूद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले पहिरो हटाउने काम सुरू गरिएको जानकारी दिएको छ ।

प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ । सेतीदोभानमा पहिरो खसेपछि दुबैतर्फ सडक अवरूद्ध छ भने खुलाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं