Saturday, July 24, 2021

किराँती र प्रचण्डले नेतृत्व गरेको माओवादी केन्द्र एक हुने

काठमाडौं– गोपाल किँरातीले नेतृत्व गरेको माओवादी केन्द्र र प्रचण्ड नेतृत्वको माओवादी केन्द्रबीच एकता हुने भएको छ ।

पूर्व माओवादीहरू एक ठाउँ रहने योजना अनुरुप उनीहरू एक दुई दिनमा एकता हुने स्रोतले बतायो । स्रोतका अनुसार दुबै समूहको सहमति अनुसार आन्तरिक र सांगठनिक रुपमा एकताको खाका तयार भइसकेको छ ।

माओवादी केन्द्रले पूर्व माओवादी एकतालाई प्राथमिकता दिँदा तत्कालिन २०६२ सालको नेकपा माओवादीको संरचना अनुसार जिम्मेवारी दिने तयारी भएको छ । जस अनुसार २०६२ सालमा स्थायी कमिटीमा रहेका, पोलिटव्युरोमा रहेका र केन्द्रिय कमिटीमा रहेकालाई सोही हैसियतमा जिम्मेवारी दिइने स्रोतले बतायो ।

स्रोतले भन्यो, ‘यो लामो समय देखिको अभ्यासबाट गरिन लागेको एकता हो, यो सँगै विप्लव, वैद्य, सिपी गजुरेल, आहुतीले नेतृत्व गरेको पार्टी पनि एकताको बाटोमा छन्, तर एकै पटक आउने या नआउने निश्चित छैन।’

Leave a Reply

ताजा खबर

यो पनि पढौं