ओलम्पिकमा छनौट भएका खेलाडीहरुलाई बधाई तथा शुभकामना

काठमाडौं – सैनिक मुख्यालय जङ्गी अड्डाले ओलम्पिकका लागि छनोट भएका विभागीय टिम त्रिभुवन आर्मी क्लबका खेलाडीको सम्मानमा आज बधाई तथा शुुभकामना कार्यक्रम सम्पन्न गरेको नेपाली सेनाले जनाएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यक्रममा ती दुवै खेलाडीलाई सम्मानस्वरुप खेल सामग्रीसहितको झोला हस्तान्तरण गरे ।

जापानको टोकियोमा २०७८ / ०४ / ०८ गतेदेखी ऐ.मितिको २४ गतेसम्म आयोजना हुने “३२ औं गृष्मकालिन ओलम्पिक प्रतियोगिता“ मा सहभागी हुन छनौट भएका नेपाली सेनाका खेलाडीहरुलाई बधाई तथा शुभकामना दिएका छन् ।

उनले उक्त अवसरमा नेपालमा खेलकुदको विकासका लागि नेपाली सेनाले समेत आफ्नो तर्फबाट दिँदै आएको योगदानको निरन्तरता स्वरुप हालसम्म ओलम्पिक प्रतियोगितामा नेपाली सेनाका २४ जना खेलाडीले आफ्नो कौशल प्रदर्शन गरि सकेको र ३२ औं गृष्मकालिन ओलम्पिक प्रतियोगितामा छनौट हुन सफल भएका नेपाली सेनाका खेलाडीहरुलाई बधाई तथा सफलताको लागि अग्रिम शुभकामना व्यक्त गरेका थिए ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठले पनि खेलाडीहरुलाइ शुभकामना दिनुका साथै हरेक खेलाडीको सपनाको रुपमा रहेको ओलम्पिक जस्तो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउनु खेलाडी आफैमा गौरवको विषय हुनुका साथै यो क्षण नेपालको लागि ऐतिहासिक रहेको भनि विचार व्यक्त गरेका थिए ।

उनले ३२ औं गृष्मकालिन ओलम्पिक प्रतियोगितामा छनौट हुन सफल भएका नेपाली सेनाका खेलाडीहरुलाई उत्कृष्ट प्रदर्शनको लागि शुभकामना दिदै नेपाली सेनाले खेलकुद जगतमा पु¥याएको योगदानको चर्चा गरे ।

उक्त ओलम्पिक प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी सिपाही सरस्वती चौधरीले एकसय मिटर स्प्रिन्ट विधामा र सोही क्लबकी सिपाही कल्पना परियारले १० मिटर एयर राइफल विधामा प्रतिस्पर्धा गर्ने छन् । प्रतिस्पर्द्धी खेलाडीहरु विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी हुँदै हाल गृष्मकालिन ओलम्पिक प्रतियोगितामा छनौट हुन सफल भएका छन् ।

उक्त कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव, नेपाल ओलम्पिक कमिटिका महासचिव तथा कार्यकारी निर्देशक, नेपाल एथ्लेटिक्स संघका अध्यक्ष, नेपाल सुटिङ्ग संघका अध्यक्षलगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

ताजा खबर

लटरम्म गोलभेडा

यो पनि पढौं