Monday, August 2, 2021

टिपर दुर्घटनामा चालकको मृत्यु

पाल्पा– पाल्पा बुटवल सडकखण्डको चरचरेमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । तिनाउ गाउँपालिका वडा नं ५ चरचरेबाट चुनढुङ्गा लोड गरी बुटवल तर्फ जाने क्रममा लु २ ख ८२० नम्वरको टिपर बुधबार विहान करिव ६ वजे दुर्घटना भएको हो ।

दुर्घटनामा पूर्वखोला गाउँपालिका वडा नं. ५ बिरकोट निवासी २६ वर्षीय टिपर चालक सुदिप गैरेको मृत्यु भएको हो । दुर्घटनामा घाईते अवस्थामा रहेका गैरेलाई उपचारको लागी लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाईएकोमा अस्पतालले मृत घोषणा गरेको हो ।

टिपर सडकबाट करिव तीन सय मिटर तल खोलामा खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरिक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

यो पनि पढौं