Monday, August 2, 2021

प्रहरीलाई हातपात गरेको अभियोगमा पक्राउ

भक्तपुर – प्रहरीलाई हातपात गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ छ । महानगरीय प्रहरी प्रभाग सानोठिमीमा डियुटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा सोही नगरपालिका-२ धन्चे पाखा बस्ने २४ वर्षीय सरोज केसी लगायत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

मध्यपुर ठिमी नगरपालिका-२ सानोठिमीमा मादक पदार्थ सेवन गरी हल्ला गरेको अवस्थामा प्रहरीले सम्झाई बुझाई गर्ने क्रममा उनीहरुले प्रहरीलाई हातपात गरेपश्चात उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । हातपात गर्दा घाइते भएका एकजना प्रहरी सहायक निरीक्षक कोरियन अस्पताल ठिमीमा उपचार पश्चात डिस्चार्ज भएका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

यो पनि पढौं