Sunday, August 1, 2021

विभिन्न मुद्दाका २० जना फरार प्रतिवादीहरु पक्राउ

स्याङजा – विभिन्न मुद्दामा अदालतको फैसलाबाट कैद तथा जरिवाना असुल उपर गर्न बाँकी रही फरार रहेका २० जना प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएकाे छ ।

प्रहरीले जबरजस्ती करणी, लागूऔषध, बैदेशिक रोजगार, सवारी ज्यान नाता कायम, करकाप, गालीवेईज्जती लगायतका बिभिन्न मुद्दामा विभिन्न समयमा फैसला भई लुकिछिपि बसेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय स्याङजा तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले असार ७ देखि २२ गतेसम्मको अवधिमा पक्राउ गरेको जनाएकाे छ ।

फरार अभियुक्त पक्राउ गर्ने योजना सहित निग्रानी तथा खोजी गर्ने क्रममा २०३९ देखि सवारी ज्यान मुद्दामा फरार रहेका पुतलीबजार नगरपालिका-६ बस्ने ६५ वर्षीय मोति प्रसाद गुरूङ, २०७० मा जवरजस्ती करणी मुद्दामा ५ वर्ष कैद सजाय भई फरार रहेका अर्जुनचौपारी गाउँपालिका-२ बस्ने ७१ वर्षीय मन बहादुर रोकाहा लगायतका उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएकाे ५ ।

उनीहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत स्याङजामा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।  

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

२२ मुलुकसँग नाफाको व्यापार

यो पनि पढौं