Wednesday, August 4, 2021

निर्वाचन आयोगमा पुग्यो माओवादी केन्द्र खारेजीको माग

काठमाडौं–पार्टी एकता पछि माओवादी केन्द्रका नफर्किएर एमालेमा गएका नेताहरूले माओवादी केन्द्रको दल दर्ता खारेजीको मग गर्दै निर्वाचन आयोगमा बुधबार निवेदन दिएका छन् ।

उनीहरूले राजनैतिक दलको ऐन तथा नेपालको संविधानमा भएको व्यवस्था अनुसार दल दर्ता खारेजीको माग गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

‘सचिवालयका यस विषयमा अध्ययन हुन्छ, सचिवालयको निर्णय आयोगमा पेश हुन्छ र आयोगले थप निर्णय गर्छ’ प्रवक्ता श्रेष्ठले भने ।

माओवादी केन्द्र छाडेका नेताहरुले महाधिवेशन समयमा नभएर अवैधानिक भएको पार्टीले आफूहरुलाई कारबाही गर्न नमिल्ने भन्दैै खारेजीको माग गरेका छन् ।

माओवादी केन्द्र खारेजीको माग गर्दै निवेदन दिएको नेता रामचन्द्र मण्डलले जानकारी दिए । ०६९ पछि महाधिवेशन नभएको पार्टीको अवैध कमिटीले निर्वाचित जनप्रतिधितिलाई कारबाही गर्न नमिल्ने भन्दै निवेदन दिएको उनको भनाइ छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं