Sunday, August 1, 2021

बलिउड अभिनेता दीलिपकुमारको निधन

काठमाडौं – बलिउड अभिनेता दीलिपकुमारको निधन भएको छ । मुम्बईको हिन्दुजा अस्पतालमा भर्ना भएका उनको ९८ वर्षको उमेरमा बुधबार उपचारका क्रममा निधन भएको हो।

वास्तविक नाम युसुफ खान रहेका उनी बलिउडमा ‘ट्रयाजेडी किङ’ उपनाम पाएका दीलिपकुमारले फिल्म क्षेत्रमा ६ दशक बिताएका थिए । यो अवधिमा उनले ६५ भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए ।

उनले पद्म विभुषण, पद्म भुषण र दादासाहेव फाल्के अवार्ड पाएका थिए। भारतमा मात्र होइन उनले पाकिस्तानको सबैभन्दा उच्च नागरिक सम्मान निशान–ए–इम्तियाजबाट पनि सम्मानित भएका थिए ।

देवदास, नयाँ दौर, मुघल–ए– आजाम, गंगाजमुना , क्रान्ति, कर्म ( लगायत फिल्ममा उनको अभिनय निकै सशक्त रहेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

२२ मुलुकसँग नाफाको व्यापार

यो पनि पढौं