Wednesday, August 4, 2021

जीवन विकास लघुवित्तको आईपिओ आज बाँडफांड हुदै

काठमाडौं । जीवन विकास लघुवित्तले निष्काशन गरेको आईपिओ आज बाँडफांड हुदै छ । बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले आज बुधबार क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गर्न लागेको हो ।

कम्पनीको आईपिओमा झन्डै १७ गुणाको आवेदन परेको छ । कम्पनीको आईपिओमा २० लाख ४८ हजार ७ सय ६२ जना आवेदकबाट ३ करोड १२ लाख ६६ हजार २ सय ६० कित्ताको लागि आवेदन परेको हो । यो माग गरिएको भन्दा १६.९१ गुणा बढी हो ।

माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको आईपिओ गोलाप्रथाबाट १ लाख ८४ हजार ८ सय १ ले मात्र पाउने छन् । ५ जनाले भने ११ कित्ता शेयर पाउने छन् । यस हिसाबमा १८ लाख बढी आवेदक हात खाली हुने छन् । यद्यपि यो तथ्यांक आवेदन भेरिफाई हुनु भन्दा अगाडी कै रहेकोले यो संख्या केहि थपघट हुन् सक्ने छ ।

कम्पनीले असार ११ गतेदेखि आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले १ सय मूल्य अंकित दरका १९ करोड ७७ लाख ३० हजार १९ लाख ७७ हजार ३ सय कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये ३० हजार ४ सय २० कित्ता कम्पनीका कर्मचारीलाई र ९८ हजार ८ सय ३५ कित्ता सामुहिक लगनी कोषलाई छुट्याईएको थियो । बाँकि रहेको १८ लाख ४८ हजार १५ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जेठ ३० गते आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो । शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं