Monday, August 2, 2021

ग्याँसको मुल्य २५ रुपैयाँले बढ्यो, अन्य पेट्रोलियम पदार्थमा २ रुपैयाँले वृद्धि

काठमाडौं– गएको असार ९ मा पेट्रोलियम पदार्थको मुल्य बढाएको नेपाल आयल निगमले मंगलबार फेरि मुल्य बढाएको छ ।

निगमले खाना पकाउने ग्यास, पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धनको मूल्य मूल्य बढाएको हो । नयाँ मुल्य अनुसार पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको छ । काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२९, डिजल तथा मट्टितेलको प्रतिलिटर ११२ रुपैयाँ कायम भएको छ।

त्यस्तै आन्तरिकतर्फ हवाई इन्धनको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले बढाएर प्रतिलिटर ८४ रुपैयाँ पुर्याइएको छ। अन्तर्राष्ट्रिय उडानमा प्रतिकिलोलिटर इन्धनको १९ अमेरिकी डलर वृद्धि गरिएको छ।

अब प्रतिकिलोलिटर अमेरिकी डलर ७ सय ५४ कायम भएको छ। एलपी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २५ रुपैयाँले बढेको छ। खाना पकाउने ग्यासको मूल्य अब प्रतिसिलिण्डर १४ सय २५ रुपैयाँ पर्नेछ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

यो पनि पढौं