Saturday, July 24, 2021

पाँच विद्यार्थी संगठनले असार २४ मा देशव्यापी सिट्ठी र २७ मा शंक फुक्ने

काठमाडौं–पाँच विद्यार्थी संगठनले प्रतिमन विरुद्ध गर्दै आएको नियमित आन्दोलनको अन्तरगत थप कार्यक्रमको घोषणा गरेको छ । मंगलबार बसेको संयुक्त विद्यार्थी संगठनले असार २४ मा देशव्यापी सिट्ठी जुलुस र असार २७ मा माइतीघरमा शंक फुकेर विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

बैठकले आन्दोलको समिक्षा समेत गरेको छ । साथै धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमिताको छानविनको समेत माग गरेको छ ।

देशभर दरबन्दी खाली रहेका शिक्षकको पद परिपुर्तिको लागि शिक्षा सेवा आयोगले प्रकृया अगाडि बढाउनुपर्ने माग समेत गरेको छ । बैठकले हिमालयन पुनर्बीमा कम्पनीको लाइसेन्स दिँदा बीमा समितिले विधि र प्रकृया मिचेको तथा अर्बौंको आर्थिक चलखेल गरिएको भन्दै कम्पनीको लाइसेन्स प्रकृया तत्काल रोक्न माग्न गरेको छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं