Sunday, July 25, 2021

४ वर्षीया बालिका मृत अवस्थामा फेला

काठमाडौं – सप्तरीकाे हनुमाननगर कंकालिनि नगरपालिका-१ भारदह कोशी ब्यारेजस्थित सडक छेउमा जमेको पानीमा हाल नाम, थर, वतन नखुलेकी करिब ४ वर्षीया बालिका मंगलबार मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएकाे छ ।

यसैगरी लमजुङकाे मध्यनेपाल नगरपालिका-८ रामबजारस्थित मादी खोलाको किनारमा कास्की मादी गाउँपालिका-९ मुग्रेबेसि बस्ने ३५ वर्षीया कल्पना अधिकारी मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं