Sunday, July 25, 2021

सवारी दुर्घटनामा २ जनाको मृत्यु

काठमाडौं – कालीकोटकाे राष्कोट नगरपालिका-६ कालापानीस्थित सडकमा क.१ ज २३ नम्बरको जीप अनियन्त्रित भई पल्टिएर मंगलबार बिहान दुर्घटना हुँदा जिपमा सवार सोही नगरपालिका-३ बस्ने ३६ वर्षीया पम्फा फडेराको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ । दुर्घटनामा घाइते भएका ४ जनालाई उपचारका लागि सदरमुकामतर्फ पठाइएको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएकाे छ ।

यसैगरी दैलेखकाे दुल्लु नगरपालिका-२ कुवाखोलास्थित सडकमा भे.१ ख २३९७ नम्बरको ट्रकको ठक्करबाट सडक विभागमा काम गर्ने सोही नगरपालिका-६ तोलीपानी बस्ने १७ वर्षीय यज्ञ बहादुर घर्तीको मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । साथै उक्त ट्रकले बा.२० च ३६०० नम्बरको स्कारपियोलाई समेत ठक्कर दिँदा क्षति भएको छ । फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको जनाएकाे छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं