१५ जना संक्रमितको मृत्यु, थप २६ सय ३४ जनामा संक्रमण पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमणबाट १५ जनाको मृत्यु भएको छ । थप २६ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५ सय ३ पीसीआर परीक्षण र ५ हजार ८२ एन्टिजेन गरी जम्मा १२ हजार ५ सय ८५ परीक्षणमा २६ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १५ सय ६५ रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

ताजा खबर

लटरम्म गोलभेडा

यो पनि पढौं