Wednesday, August 4, 2021

जयदेश डट कमको औपचारिक शुभारम्भ

काठमाडौं– जयदेश मिडिया प्रा.लिले संचालनमा ल्याएको न्युज पोर्टल जयदेश डट कम औपचारिक रुपमा शुभारम्भ भएको छ ।

जयदेश डट कमको एक कार्यक्रमकाबीच नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल र पूर्व अध्यक्ष धर्मेन्द्र झाले संयुक्त रुपमा शुभारम्भ गरेका हुन् ।

शुभारम्भ कार्यक्रममा संस्थाको तर्फबाट धारणा राख्दै जयदेश मिडिया प्रा.लिका अध्यक्ष दिलीप मगरले जयदेशले फरक तरिकाले पाठकमा समाचार प्रवाह गर्ने अभियानमा लागेको बताए । उनले भने, ‘दिने कुरा उनै हुन तर फरक तरिकाले दिन सकौं भन्ने हो । प्रयास सानै होस् तर हामीले दिएका कुरामा आम पाठक विश्वस्त हुन सकुन् र हामीले दिएका सूचनालाई ग्रहण गर्न सकुन् भन्ने कुरामा हामी विश्वास गर्छौं ।’

उनले जयदेशले कम्तिमा तथ्य सहितको सत्य खबरको प्रवाह मात्रैले पनि गुन लगाउन सकिने बुझेको बताए । ‘हामी ठूला कुरा भन्दा पनि यही विश्वास दिलाउन चाहान्छौं, हामीले दिएका कुरामा तपाईलाई शंका रहित ग्रहण योग्य बनौं ।’ उनले भने ।

कार्यक्रममा नेपाल चार्टड एकाउन्टेन्टस् संघ (एक्यान) का अध्यक्ष आनन्दराज शर्मा वाग्लेले पत्रकारिता क्षेत्र निश्पक्ष भएर समाचार प्रवाहमा लाग्नुपर्ने बताए । ‘पत्रकारिता क्षेत्र निश्पक्ष र सकारात्मक भएर न्याए नपाउनेलाई न्याए दिएर पारदर्शी ढंगले लेख्नुपर्छ तर त्यस्तो भएको पाइन्न । पत्रकारितामा स्वतन्त्र भन्ने कुरा महत्वपूर्ण हो पत्रकारितामा स्वतन्त्र भएर अगाडि बढ्नुपर्छ ।’

राष्ट्रिय समाचार समितिका कार्यकारी सम्पादक सुर्यचन्द्र बस्नेतले डिजिटल संचार माध्यमलाई सही ढंगले चलाएर लैजानको लागि चुनौती रहेका बताए ।

अनलाइनले सूचना प्रवाह सरल र सहज बनायो तर राज्यले अनलाइनलाई प्रोत्साहित गर्न सकेन : अध्यक्ष पोखरेल

राज्य पत्रकारिता प्रति इमान्दार छैन : पूर्व अध्यक्ष झा

Leave a Reply

ताजा खबर

यो पनि पढौं