Sunday, August 1, 2021

लागूऔषध सहित पक्राउ

काठमाडौं । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका-४ स्थित सडकबाट १ सय ५० ट्याब्लेट लागूऔषध नाइट्राभेट सहित ४ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा  सोही उपमहानगरपालिका-१० बस्ने २३ वर्षीय बिवेक न्यौपाने, सोही उपमहानगरपालिका-५ बस्ने १९ वर्षीय एडी चौधरी, सोही उपमहानगरपालिका-४ बस्ने काभ्रे नमोबुद्ध नगरपालिका घर भएका २० वर्षीय सुरज लामा र सोही उपमहानगरपालिका-१५ बस्ने सिन्धुली मरिन गाउँपालिका घर भएका २३ वर्षीय बिशाल कुमार वाईवा रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी भुटनदेवी मकवानपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएकाे छ ।

यसैगरी कास्कीकाे पोखरा महानगरपालिका-४ चिप्लेढुङगाबाट लागूऔषध नुर्फिन ४ एम्पुल, फेनारागन ४ एम्पुल र डाईजेपाम ४ एम्पुल सहित सोही महानगरपालिका-३२ गगनगौडा बस्ने २२ वर्षीय जिवन थापालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

२२ मुलुकसँग नाफाको व्यापार

यो पनि पढौं