Monday, August 2, 2021

२२ सय ११ जना संक्रमणमुक्त, थप २६ सय २२ जनामा संक्रमण पुष्टि

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २२ सय ११ रहेको छ । थप २६ सय २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ सय ४५ पीसीआर परीक्षण र ८ सय ७७ एन्टिजेन गरी जम्मा २६ सय २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २३ जनाको मृत्यु भएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

यो पनि पढौं