Sunday, July 25, 2021

दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं – साताको दोस्रो दिन सोमबार पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक ११.७८ अंकले घटेर २८२२.७४ को बिन्दुमा पुगेको हो ।

नेप्से परिसूचकसँगै सोमबार कारोबार रकममा समेत गिरावट आएको छ । आइतबार ५ अर्ब माथिको काराबोर भएकोमा सोमबार ४ अर्ब ५८ करोड २२ लाख १२ हजार ५ सय ७९ रुपैयाँको कारोबार भएको छ

आज कारोबारमा आएका २२४ कम्पनीको १ करोड ६३ हजार ६ सय ३६ कित्ता शेयर खरिद विक्रिबाट यो रकम बराबरको कारोबार भएको हो ।

आज विशाल बजार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने हिमालय डेस्टिलरीको सेयर मूल्य ८.०२ प्रतिशतले बढेको छ । त्यस्तै, गोर्खाज फाइनान्सको सेयरमूल्य भने सर्वाधिक बढी ६.३६ प्रतिशतले घटेको छ ।

आज ट्रेडिङ, उत्पादन र प्रशोधन लगायत ५ समूहको समूहगत सूचक बढेको छ भने फाइनान्स, विकास बैंक लगायत ८ समूहको समूहगत सूचक घटेको छ । ट्रेडिङ समूहको सूचक सर्वाधिक बढी ३.६१ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको सूचक सवौधिक बढी २.६१ प्रतिशतले घटेको छ ।

आज हिमालय डेस्टिलरीको सर्वाधिक बढि ४१ करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने अप्पर तामाकोशीको १९ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज २९ कम्पनीको सेयर मूल्य बढेको छ भने १५३ कम्पनीको सेयर मूल्य घटेको छ ।

नेप्से सूचक ८.४८ अंकले घट्यो

Leave a Reply

ताजा खबर

यो पनि पढौं