Saturday, July 24, 2021

मृत अवस्थामा फेला

काठमाडौं – विभिन्न स्थानमा गरी ५ जना मृत अवस्थामा फेला परेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार ललितपुरमा एक जना, कास्कीमा एक जना, बैतडीमा एक जना, मकवानपुमा एक जना र नवलपरासी (पूर्व) मा एक जना गरी पाँच जना मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरीले ललितपुरकाे बागमती गाउँपालिका-२ माल्टा र मकवानपुरको सिमानामा रहेको बागमती खोलामा बालकुमारी बस्ने २६ वर्षीय सन्देश व्यजनकार आइतबार मृत अवस्थामा फेला परेका जनाएकाे छ ।

यस्तै कास्कीकाे रुपा गाउँपालिका-१ त्यापे बस्ने १० वर्षीय अर्पण गुरुङ सोही गाउँपालिका-१ र ७ को सिमानामा पर्ने पास्ते खोलामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै बैतडीकाे सिगास गाउँपालिका-२ कुर्चिनेटास्थित सडक छेउमा कञ्चनपुर बेदकोट नगरपालिका-७ बस्ने ३० वर्षीय मिन राज आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी मकवानपुरकाे भिमफेदी गाउँपालिका-८ ईपास्थित बागमती खोलामा हाल नाम, थर, वतन, उमेर नखुलेका पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

त्यसैसैगरी नवलपरासी(पूर्व), मध्यविन्दु नगरपालिका-१२ शम्सानघाटस्थित नारायणी नदीमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं