Sunday, July 25, 2021

कांग्रेस सांसदले राष्ट्रिय सभामा देखाए ‘कालो झण्डा’ को सांकेतिक रुप ‘कालो टोपी’

काठमाडौं– सोमबार कांग्रेस सांसद रमेशजंग रायमाझीले राष्ट्रिय सभा बैठकमा कालो क्याप सहित प्रवेश गरेका थिए । उनकै शब्दमा भन्दा उनको जीवन कालमा नलगाएको कालो क्याप आन्दोलनको रुपमा लगाएका थिए ।

‘प्रधानमन्त्रीले संविधान मिचे, प्रतिनिधि सभा विघटन गरे यो लाखौं जनता कालो झण्डा बोकेर सडकमा आउनुपर्ने थियो, संविधानलाई धुजा धुजा बनाइएको विरुद्धमा निस्कनुपर्ने थियो तर कोरोनाको कहरका कारण पाँच दलीय गठबन्धन सुझबुझका साथ आन्दोलनमा सम्हालिएर बसेको छ ’ उनले भने, ‘म संसदमा आज क्याप लगाएर प्रवेश गरेको छु, सदनमा कालो झण्डा देखाउने अवस्था नभएको कारणले सदन मार्फत मुलुकले थाहा पाओस् मैले यो क्याम कालो झण्डाको रुपमा प्रस्तुत गरेको छु ।’

उनले आफूले कहिले पनि नलगाएको क्याप सांकेतिक रुपमा प्रतिनिधि सभा विघटनको विरुद्धमा आन्दोलनको रुपमा कालो क्याप लगाएको प्रष्टाए ।

भ्रष्टाचार मौलाएको र अघिल्लो आफ्नै सरकारले चार डलरमा ल्याएको खोप अहिले १४ डलरमा ल्याउने भन्ने सुनिन आएको भन्दै पारदर्शिता हुनुपर्ने बताए । कोरोनाको महामारीमा यसकै फाइदा उठाउँदै अनियमितता गर्दै आएको र थोरै पनि मानवीय संवेदना नसंझिएको बताए । ओली मानवीय रुपमा पनि नैतिकता विर्सिएको उनको आरोप थियो ।

संसदको सर्वसम्मत रुपमा पास गरेका लिपुलेक र लिम्पियाधुरा सहितको नक्सा ‘रअ’ का प्रमुख सामन्त गोयलसँगको भेटपछि नक्साको कुरा प्रधानमन्त्रीले विर्सिएको आरोप लगाए । उनले भने, ‘उहाँको राष्ट्रवाद कहाँ गयो ? हामीलाई चुच्चे नक्सा चाहियो । ’

Leave a Reply

ताजा खबर

यो पनि पढौं