Saturday, July 24, 2021

योगिनी एकादशी , यसको महत्व र शुभ मुहूर्त

अषाढ कृष्ण पक्षमा पर्ने एकादशीलाई योगिनी एकाशी भनिन्छ । यस दिन भगवान विष्णुको पूजा गर्नाले पापबाट मुक्ति मिल्छ भन्ने मान्यता छ । भनिन्छ कि, यदि यस दिन उपवास गरेर र आध्यात्मिक अभ्यास गरिएमा सबै प्रकारका पापहरू नष्ट हुन्छन् ।

धर्मिक शास्त्रका अनुसार, योगिनी एकादशी व्रतको प्रभावबाट घरमा सुख, शान्ति र समृद्धि को आगामन हुन्छ । एकादशी व्रतले मनिसलाई स्वर्गलोक प्राप्ति मिल्छ । योगिनी एकादशी व्रतले ८८ हजार ब्राहमणलाई भोजना गराए बराबर हने मान्यता रहेको छ ।

ज्योतिषविद् करिश्मा कौशिकबाट जानौं, कुन दिन योगिनी एकादशी व्रत हुन्छ, कुन दिन शुभ–महूर्त र तिथि पर्छ ?

योगिनी एकादशीको महत्व


कौशिकका अनुसार, योगिनी एकादशी धेरै महत्त्वपूर्ण एकादशी हो । किनभने यस पछि देवशायनी एकादशी मनाइन्छ । देवशायनी एकादशीबाट भगवान विष्णु आउने ४ महिनाको लागि योग निद्रामा जान्छन् । यस पछि कुनै पनि शुभ कार्य सम्पन्न हुँदैन । योगिनी एकादशी दुई महत्त्वपूर्ण एकादशी निर्जला एकादशी र देवशयनी एकादशीकोबीचमा आउने गर्छ । यस समय योगिनी एकादशी ५ जुलाई (अषाढ २१ गते ) सोमबारका दिन मनाईनेछ ।

रोगबाट मुक्ति मिल्छ


मान्यताहरुका अनुसार कुष्ठ रोगले ग्रस्त व्यक्तिले योगिनी एकादशीको व्रत बस्दा उसले रोगबाट छ्टकारा पाउन सक्छ । साथै, यो एकादशी व्रत वस्नाले आउने समय पनी कुष्ट रोग हुने समस्याबाट बँच्न सकिन्छ । यसका साथसाथै योगिनी एकादशीको व्रत बस्नाले स्किन संबन्धी समस्या टाढा हुन्छन् ।

योगिनी एकादशी व्रत बस्ने शूभ महूर्त


योगिनी एकादशी व्रत: ५ जुलाई २०२१, (अषाढ २१ गते) सोमबारका दिन
योगिनी एकादशी तिथि प्रारम्भ: ४ जुलाई २०२१, (अषाढ २० गते ) साँझ ७ बजेर ५५ मिनेटबाट

योगिनी एकादशी समाप्त: ५ जुलाई २०२१, (अषाढ २१ गते ) १० बजेर ३० मिनेटसम्म

व्रतको समय: ६ जुलाई २०२१, बिहान ५ बजेर २९ मिनेट बाट ८ बजेर १६ मिनेटसम्म

यो दिन भगवान विष्णुको आराधाना गरिन्छ ।

भगवान विष्णुलाई पहेंलो वस्त्र लगाएर उनको पूजा गर्ने भगवान विष्णुलाई पहेंलो फूल, पञ्चमृत, तुलसी दाल र चन्दन प्रदान गर्ने । यस पछि विष्णु सहस्रनामावलीका पाठ गर्नसक्नुहुन्छ । यसका सथै ओम नमो भगवते वसुदेवाय नमः मन्त्रको १०८ बार जप गर्नुहोस् । (एजेन्सी)

Leave a Reply

ताजा खबर

यो पनि पढौं