Wednesday, August 4, 2021

धम्पुस पोखरी घोताने परिवार यूकेको अध्यक्षमा गोलमान गुरुङ

काठमाडौं–धम्पुस पोखरी घोताने परिवार यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध निर्वाचित भएका छन ।

उनी परिवारको चौंथो अध्यक्ष हुन् । यस अघि ३ जना अध्यक्षहरु दुर्गमल गुरुङ, गुप्त बहादुर गुरुङ र गम बहादुर गुरुङले धम्पुस पोखरी घोताने परिवार यूकेको सफल नेतृत्व सम्हालिसकेका छन् ।

शनिबार सम्पन्न भएको संस्थाको १२ औं वार्षिक साधारणसभा तथा चांैथो अधिवेशनको निर्वाचन मण्डलले अध्यक्षमा गोलमान गुरुङ, प्रथम उपाध्यक्षमा भगवान गुरुङ, दोश्रो उपाध्यक्षमा आई बहादुर गुरुङ, सचिवमा श्रीमती हरिमाया (भावाना) गुरुङलाई चयन गरेको छ ।

त्यस्तै सह–सचिवमा मिलन गुरुङ, कोषाध्यक्षमा राम बहादुर गुरुङ, सह–कोषाध्यक्षमा टिका (बोता) गुरुङ, साँस्कृतिक संयोजकमा श्रीमती पबित्र गुरुङ, साँस्कृतिक सह–संयोजकमा श्रीमती मिना गुरुङ, खाना तथा जलपान व्यवस्थापनमा हर्क गुरुङ र याम गुरुङ चयन भएको निर्वाचन समितिले जनाएको छ ।

त्यसैगरि कार्यसमितिमा सदस्यहरु थमन गुरुङ, अमृतमान गुरुङ, नमराज गुरुङ, दिपेन्द्र गुरुङ र बिकास गुरुङ छन् ।

पहिलो चरणको वार्षिक साधारणसभामा परिवारको कोषाध्यक्ष आई बहादुर गुरुङले आर्थिक प्रतिवेदन र सचिव भगवान गुरुङले परिवारको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

अत्यन्तै सौहाद्रपूर्ण वातावरणमा सञ्चालन भएको उक्त वार्षिक साधारणसभामा सदस्यहरुले परिवारको सर्वोपरी हित र भावी कार्यक्रमका निम्ति सकारात्मक सुझावहरु दिदै हालसम्म भईरहेका र हुदैगरेका गतिविधिप्रति सबैजनाले खुशी प्रकट गर्दै तेश्रो कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुलाई धन्यवाद दिएका थिए ।

पहिलो चरण कार्यक्रमको अन्तमा अध्यक्ष गम बहादुर गुरुङले धन्यवाद मन्तव्य राख्दै तेश्रो कार्यसमितिको पदावधि समाप्त भएको घोषणा गरेका थिए ।

दोश्रो चरणमा परिवारको चौथो कार्यसमिति छान्न निर्वाचन कार्यक्रम राखिएको थियो । निर्वाचन समितिका अध्यक्ष दुर्गमल गुरुङ, निवर्तमान अध्यक्ष गुप्त बहादुर गुरुङ, परिवारको सबैभन्दा जेष्ठ नागरिक ले. रि. जस बहादुर गुरुङ र साहारा यूकेका अध्यक्ष कुमार गुरुङले चौथौ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको घोषणा गरेका थिए ।

निर्वाचन परिणाम घोषणा पश्चात निर्वाचन समितिका अध्यक्ष दुर्गमल गुरुङले निर्वाचनमा उत्साहजनक रुपमा सहभागी भई सफल बनाईदिएकोमा अभार प्रकट गर्दै सबैलाई धन्यवाद दिए । त्यसैगरि परिवारका सल्लाहकार साहारा यूकेका वर्तमान अध्यक्ष कुमार गुरुङले पनि शुभकामना मन्तव्य दिएका थिए ।

परिवारको नवनिर्वाचित अध्यक्ष गोलमान गुरुङले सर्वसम्मत परिवारको अध्यक्ष पदमा निर्वाचित गराएकोमा खुशी व्यक्त गर्दै सबैलाई धन्यवाद दिए । गोलमान गुरुङ तमू समाज केन्ट यूके र धम्पुस परिवार यूकेका वर्तमान महासचिव पनि हुन ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं