Sunday, August 1, 2021

थप १६ सय ३ जनामा संक्रमण पुष्टि, २७ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमणबाट २७ जनाको मृत्यु भएको छ । थप १६ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४८ सय ७६ जनाको पीसीआर परीक्षणमा १ हजार ४२ र ३२ सय ५६ जनाको एन्टिजेन परीक्षणमा ५ सय ६१ जना गरी १६ सय ०३ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये ४ सय ६१ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ३ सय ४२, ललितपुरमा ८८ र भक्तपुरमा ३१ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २५ सय ५२ रहेको छ । हाल देशभरका ९ वटा जिल्लामा सक्रिय संक्रमितको संख्या ५सय भन्दा बढी रहेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

२२ मुलुकसँग नाफाको व्यापार

यो पनि पढौं