Saturday, July 24, 2021

मनसुनजन्य प्रकोपबाट क्षति भएका ५ सय ७२ परिवारका लागि ५० हजारका दरमा राहत

काठमाडौं– सरकारले प्राकृतिक विपत्तिबाट घरमा क्षति पुगेका नागरिकको आवास पुननिर्माणको लागि राहत दिने भएको छ । गत असार १६ सम्म मनसुनजन्य प्रकोपबाट क्षति भएका ५ सय ७२ परिवारका लागि ५० हजारका दरले राहत दिइने गृहमन्त्रीको समेत जिम्मेवारीमा रहेका उपप्रधानमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उपप्रधानमन्त्री पौडेलल क्षति पुगेका परिवारलाई अस्थायी बसोबासका लागि जिल्ला प्रशासन कार्यालय मार्फत सो रकम दिइने जानकारी गराएका हुन् ।

उनले भने, ‘यो वर्ष असार १६ गतेसम्म पूर्ण तथा आंशिक घर क्षति भएका ५ सय ७२ परिवारका लागि अस्थायी बसोबास गर्न प्रतिपरिवार ५० हजारका दरले २ करोड ८६ लाख रुपैयाँ उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ ।’

उनले मनसुनबाट अति प्रभावित सिन्धुपाल्चोक, मनाङसहितका ८ जिल्लामा ८ सय ३४ थान टेन्ट, २ हजार ५६ थान त्रिपाल, १ सय ९४ थान स्लिपिङ ब्याग लगायतका राहत सामग्री दिइएको जानकारी गराए ।

उनका अनुसार हालसम्म सिन्धुपाल्चोक मनाङ, लमजुङ गोरखा, कास्की, अर्घाखाँची, खोटाङ तनहुँ, सर्लाही लगायतका जिल्लाहरुमा ५ सय ६५ घर पूर्ण रुपमा क्षति भएको छ । १ सय १२ घरमा आंशिक क्षति भएको छ । ३६ सरकारी कार्यालय भवनमा क्षति पुगेको छ । ९ विद्यालय तथा सामुदायिक भवनमा क्षति पुगेको छ ।

यस्तै सिन्धुपाल्चोक जिल्लाका ७, मनाङका २, चितवनका २ तनहुमा १ उदयपुर मोरङ र सिरहामा गरी १५ वटा मोटरेवल पक्की पुलमा क्षति पुगेको छ । मनाङ मा ५ ओटा काठमा मोटरेवल पुलमा क्षति पुगेका पौडेलले जानकारी दिए ।

यस्तै सिरहा, सिन्धुपाल्चोक, मनाङ लगायतका जिल्लामा गरेर २३ वटा झोलुङ्गे पुलमा क्षति उनले बताए । क्षति पुराएका संरचना निर्माणको लागि विषयगत निकायले योजना बनाएर काम गरिरहेको उनको भनाइ छ । देशभर विभिन्न ४३ स्थानका खानेपानी योजनामा क्षति पुगेकोले त्यसको निर्माण कार्य अगाडि बढाइने बताए ।

सिन्धुपाल्चोकको कोदारी राजमार्ग, मनाङ चामे बेंसीशहर सडक, बाजराको मार्तडी कोल्टी सडक र कुलेखानी हेटौंडा सडकमा भएको अवरोध हटाउने काम जारी रहेको मन्त्री पौडेलको भनाइ छ ।

कास्की, मनाङ, सिन्धुपाल्चोक लगायत विभिन्न जिल्लाका २५ साना ठूला जलविद्युत आयोजनामा क्षति पुगेका छ । सिन्धुपाल्चोक, मनाङ ,गोरखाका लगायतका जिल्लाका २७८ बाढी पहिरोमा परेकाको नेपाली सेनाको हमार्फत उद्धार गरिएको जानकारी दिए । अन्य २ हजार भन्दा अन्य माध्यमबाट उद्धार गरेको जानकारी दिए ।

मेलम्ची खानेपानी योजनाको मुहानसम्म जाने बाटोको लागि बेलिब्रिज निर्माणको तयारी गर्ने र स्थलगत अनुगमन गरि पुननिर्माणको लागि काम अगाडि बढाए ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं