Wednesday, August 4, 2021

संयुक्त विद्यार्थी संगठनले अन्तरक्रिया कार्यक्रम गर्दै

काठमाडौं–विपक्षी गठबन्धन निकट पाँच विद्यार्थी संगठनले आइतबार (आज) पूर्व अध्यक्ष तथा नेताहरूको उपस्थितिमा अन्तरक्रिया गर्ने भएकाछन् ।

अन्तरक्रियामा नेपाल विद्यार्थी संघका तर्फबाट विश्व प्रकाश शर्मा, गुरुराज घिमिरे र प्रदिप पौडेलले सहभागी हुँदैछन् । अनेरास्ववियुका तर्फबाट जगनाथ खतिवडा, राम कुमारी झाँक्री र यज्ञराज सुनुवार, त्यस्तै अखिल(क्रान्तिकारी) का तर्फबाट देवेन्द्र पराजुली, हिमाल शर्मा र रमेश मल्ल सहभागी हुने कार्यक्रम छ ।


कार्यक्रममा समाजवादी विद्यार्थी युनियनका तर्फबाट गंगा नारायण श्रेष्ठ, भिम राई, मानुषी यमी भट्टराई र अखिल (छैठौं) का तर्फबाट कृष्ण अधिकारी, घनश्याम न्यौपाने सहभागी हुँदैछन् ।

कार्यक्रम दिँउसो १२ बजे आरआर कलेजमा गरिने संयुक्त विद्यार्थी संगठनले जनाएको छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं