Sunday, August 1, 2021

उपत्यकाभित्र निषेधाज्ञा थप गर्ने तयारी

काठमाडौं – काठमाडौं उपत्यकाभित्र पछिल्लोपटक थप गरिएको निषेधाज्ञा सोमबार सम्म छ र यसलाई थप खुकुलो बनाउँदै निषेधाज्ञा जारी राख्ने तयारी गरिएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू संयुक्त रूपमा आज बेलुकी वा भोलिसम्म बैठक बसेर निषेधाज्ञाबारे निर्णय गर्ने तयारी रहेको बताइएको छ ।

सार्वजनिक यातायात जोर–बिजोर गरेर गत सातादेखि नै सञ्चालनमा आएका छन् । पसलहरू बिहान ६ देखि बेलुकी ७ बजेसम्म चल्न दिइएको छ । थप क्षेत्र खुला गर्ने गरी निषेधाज्ञालाई एक साता लम्बाउने तयारी भइरहेको बताइएकाे छ ।

गत वैशाखदेखि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा गरिएको थियो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

२२ मुलुकसँग नाफाको व्यापार

यो पनि पढौं