Sunday, August 1, 2021

आज अन्तिम दिन एनआईसी एसिया र शांग्रिला डेभलपमेन्टको ऋणपत्रमा अवेदन दिने

काठमाडौं – आज असार २० गते २ वटा कम्पनीको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन रहेको छ । आज एनआईसी एसिया बैंक र शांग्रिला डेभलपमेन्ट बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन हो ।

एनआईसी एसिया बैंकले असार ६ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको हो । बैंकले ३ अर्ब बराबरको (प्रति कित्ता १ हजार अंकित दरका) ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो ।

जस मध्ये १८ लाख कित्ता निजि तबरबाट र १२ लाख कित्ता सर्वसाधार लगानीकर्ताको लागि बिक्रि हुनेछ । सर्वसाधारणलाई छुट्याईएको १२ लाख कित्ता मध्ये ६० हजार कित्ता सामुहिक लगानी कोषलाई छुट्याईएको बैंकले जनाएको छ ।

ऋणपत्र निष्काशनको लागि सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । आवेदन दिंदा न्युनतम २५ कित्ताको लागि अधिकतम १५ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । १० वर्ष अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक ८.५ प्रतिशत ब्याज प्रदान गर्ने छ । मेरोशेयर अनलाइन र सीआश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।

शांग्रिला डेभलपमेन्ट बैंकले असार ६ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको हो । बैंकले ७५ करोड बराबरको (प्रति कित्ता १ हजार अंकित दरका) ७ लाख ७५ हजार कित्ता ऋणपत्र निष्काशन गरेको हो । जस मध्ये ४ लाख ५० हजार कित्ता निजि तबरबाट र ३ लाख कित्ता सर्वसाधार लगानीकर्ताको लागि बिक्रि हुनेछ । सर्वसाधारणलाई छुट्याईएको ३ लाख कित्ता मध्ये १५ हजार कित्ता सामुहिक लगानी कोषलाई छुट्याईएको बैंकले जनाएको छ ।

ऋणपत्र निष्काशनको लागि एनआइबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । आवेदन दिंदा न्युनतम २५ कित्ताको लागि अधिकतम ३ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । १० वर्ष अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक ९ प्रतिशत ब्याज प्रदान गर्ने छ । मेरोशेयर अनलाइन र सीआश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

२२ मुलुकसँग नाफाको व्यापार

यो पनि पढौं