Sunday, August 1, 2021

आज अन्तिम दिन सिद्धार्थ क्यापिटलले निष्काशन गरेको म्युचुअल फण्डमा आवेदन दिने

काठमाडौं – सिद्धार्थ क्यापिटलले निष्काशन गरेको खुलामुखी सामुहिक लगानी कोष योजनाको इकाईमा आवेदन दिने आज असार २० गते अन्तिम दिन रहेको छ । क्यापिटलले असार १६ गतेदेखि खुलामुखी सामुहिक लगानी कोष योजनाको इकाई बिक्रि खुला गरेको हो । क्यापिटलले सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत संचालन हुने गरि ’सिद्धार्थ सिस्टम्याटिक इन्भेस्टमेन्ट स्किम’ नामको खुलामुखी योजनाको इकाई खुला गरेको हो ।

क्यापिटलले उक्त योजनाको २० करोड बराबरको २ करोड इकाई निष्काशन गरेको हो । जस मध्ये ५ प्रतिशत इकाई कोष ब्यबस्थापक सिद्धार्थ क्यापिटललाई र १० प्रतिशत कोष प्रबद्रक सिद्धार्थ बैंकलाई छुट्याईएको छ । इच्छुक लगानीकर्ताले बाँकि रहेको इकाईको लागि आवेदन दिन सक्ने छन् ।

आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २० लाख कित्ताको लागि दिन सकिने छ । सीआस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सकिने छ । यो खुलामुखी योजना भएकोले नेप्सेमा कारोबार भने हुदैन । तर क्यापिटल तथा क्यापिटलले तोकेका केन्द्रबाट यो सजिल्यै किनबेच गर्न सकिन्छ । हाल सिद्धार्थ क्यापिटलले वटा बन्दमुखी म्युचुअल फण्ड योजना संचालन गरिरहेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

२२ मुलुकसँग नाफाको व्यापार

यो पनि पढौं