Sunday, July 25, 2021

राप्रपाले कार्तिक २७–३० सम्म काठमाडौंमा महाधिवेशन गर्ने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन आगामी कात्तिकमा हुने भएको छ । शनिबार बसेको केन्द्रीय निर्देशन समितिको बैठकले कार्तिक २७–३० सम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी कार्यतालिका बनाएको छ ।

यसअनुसार वडा/गाउँ/नगर/ प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधीसभा निर्वाचन क्षेत्र र जिल्ला कार्य समितिको निर्वाचन भदौ मसान्तसम्म गरिनेछ । यस्तै सक्रिय सदस्यता वितरण भदौ मसान्तसम्म गर्ने र असोज २० गतेसम्म प्रदेशसभा निर्वाचन क्षेत्रमा सक्रिय सदस्यहरुबाट महाधिवेशन प्रतिनिधिको निर्वाचन गर्ने तालिका छ ।

यस्तो छ कार्य तालिका :

Leave a Reply

ताजा खबर

यो पनि पढौं