Sunday, August 1, 2021

सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

दुर्घटनामा गम्भीर घाइते भएका उनको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

काठमाडौं – काठमाडौं, कपिलवस्तु, रुपन्देहीका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएकाे छ ।

प्रहरीका अनुसार काठमाडौंकाे कागेश्वरी मनोहरा नगरपालिका-५ मुलपानी गोकर्णमा बा.५ ख २५११ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल टहरोमाथि खसेर शनिबार बिहान दुर्घटना हुँदा टिपरले च्यापिएर टहरामा बसेका २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा नुवाकोट शिवपुरी गाउँपालिका-३ घर भएका ५३ वर्षीय साईला तामाङ  र उनकै श्रीमती ५५  वर्षीया जयन्ती तामाङ रहेका छन् । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाउकाे छ ।

यस्तै कपिलवस्तुकाे बाणगंगा नगरपालिका-८ चप्पर गाउँमा बा.१६ च ८०९८ नम्बरको स्कारपियो अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक रुपन्देही ओमसतिया गाउँपालिका बस्ने ३९ वर्षीय बिक्रम खनालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

यसैगरी रुपन्देहीकाे सियारी गाँउपालिका-४ छपियामा लु.४ त २०३८  नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७२ वर्षीया जलेखा तेलीको शुक्रबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै सोही ट्याक्टरको ठक्करबाट घाइते भएका १ जना पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएकाे छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

२२ मुलुकसँग नाफाको व्यापार

यो पनि पढौं