Sunday, July 25, 2021

एमालेको भदौ ५ मा वडा र १५ मा पालिका अधिवेशन

काठमाडौं– नेकपा एमालेले साउन अन्तिममा विधान सम्मेलन गर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओली पक्षीय केन्द्रीय कमिटी बैठकले साउन २५ देखि २७ गतेसम्म विधान सम्मेलन गर्ने निर्णय गरेको हो ।

त्यस्तै असार मसान्तभित्र सदस्यता नवीकरण गर्ने र केन्दीय विभागहरुलाई पूर्णता दिने निर्णय गरेको छ । यस्तै भदौ ५ गते वडा र १५ गते पालिकाको अधिवेशन गर्ने एमालेको कार्य तालिका छ ।

बैठकमा यसअघि दशौं राष्ट्रिय महाधिवेशन मसिर २ देखि ६ सम्म गर्ने निर्णय गरिएको महाधिवेशन निर्वाचनको मितिसँग जुध्न गएमो आगामी वैशाख मसान्तसम्म गर्ने प्रस्ताव पेश भएको छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं