Sunday, August 1, 2021

२३ सय २८ जनामा कोरोना संक्रमण पुष्टि, १९ जनाले ज्यान गुमाए

काठमाडौं– कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २३ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १ सय ३३ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार मुलुकभरमा ५८ सय ३७ जनाको पिसिआर परीक्षणबाट १५ सय २७ जनामा संक्रमण पुष्टि भएको छ भने ४२ सय ९६ जनाको एन्टिजेन परीक्षणबाट ८ सय १ जनामा पुष्टि भएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३ हजार ६६ जना संक्रमणमुक्त भएका छन्।

यस्तै १९ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ। यो सँगै हालसम्म ९ हजार १ सय ९८ जनाको मृत्यु भइसकेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

२२ मुलुकसँग नाफाको व्यापार

यो पनि पढौं