Sunday, July 25, 2021

जापानमा भारी वर्षापछि गएको पहिरोमा परी २० बेपत्ता, २ जनाको शव फेला

एजेन्सी – जापानमा शनिबार भारी वर्षापछि गएको पहिरोमा परी कम्तीमा २० जना बेपत्ता भएका छन् ।

जापानको अतामी सहरमा गएको पहिरोमा घरहरु भत्किँदा त्यहाँ बसेका मानिसहरु बेपत्ता भएका हुन् ।

प्रत्यक्षदर्शीहरुका अनुसार निकै डरलाग्दो आवाजमा आएको पहिरोले आसपासका घरहरु ध्वस्त पारेको हो ।

सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोमा पहाडी क्षेत्रबाट ठूलो मात्रामा आएको लेदोले क्षणभरमै घरहरु भत्काएको देख्नि सकिन्छ । क्योदो समाचार एजेन्सीका अनुसार घटनामा २ जनाको शव फेला परेको छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं