Sunday, July 25, 2021

युरोकपमा सेमिफाइनल प्रवेशको लागि आज २ खेल हुदै

काठमाडौं – युरोकप फुटबल प्रतियोगिता अन्तर्गत आज क्वाटरफाइनलका बाँकि २ खेलहरु हुदै छन् । आज हुने खेलको बिजेताहरु सेमिफाइनल प्रवेश गर्ने छन् ।

पहिलो खेलमा नेपाली समय अनुसार ९ः४५ बजे चेक रिपब्लिक र डेनमार्क भिड्ने छन् । त्यस्तै दोस्रो खेलमा राति १२ः४५ मा युक्रेन र इंग्ल्यान्ड भिड्ने छन् ।

चेक रिपब्लिक समुह डि को तेस्रो स्थानमा रहदै नकआउट चरणमा पुगेको हो । समुह चरणमा चेक रिपब्लिक एकमा जित, १ मा हार र १ बराबरी खेलेको थियो । उसले समुह चरणमा क्रोएसियासँग बराबरी खेलेको थियो भने इंग्ल्यान्डसंग हार बेहोरेको थियो । त्यस्तै स्कटल्याण्डलाई हराएको थियो । अन्तिम १६ मा चेक रिपब्लिकले नेदरल्याण्डलाई २–० ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको थियो । चेक रिपब्लिकले चेक्लोस्लोभाकियाको रुपमा सन् १९७६ को युरो कप जितेको थियो । सन् २०१६ को युरो कपमा चेक रिपब्लिक समुह चरणबाट नै बाहिरिएको थियो ।

डेनमार्क समुह बि को तेस्रो स्थानमा रहदै नकआउट प्रवेश गरेको हो । समुह बि मा डेनमार्कले १ वटा जित र २ वटामा हारे बेहोरेको थियो । समुह चरणमा डेनमार्कले रसियालाई ४–१ ले हराएको थियो भने फिनल्याण्ड र बेल्जियमसंग पराजित भएको थियो । राउण्ड अफ १६ मा वेल्सलाई ४–० गोलले पराजित गर्दै डेनमार्क क्वाटरफाइनलमा प्रवेश गरेको हो । डेनमार्कले सन् १९९२ मा युरोकप जितेको थियो भने सन् २०१६ मा छनौट नै हुन सकेको थिएन ।

त्यस्तै युक्रेन समुह सी को तेस्रो स्थानमा रहदै नकआउट प्रवेश गरेको हो । युक्रेनले समुह सीमा १ खेलमा जित र २ खेलमा हार बेहोरेको थियो । समुह चरणमा युक्रेनले नर्थ मेसोडोनियालाई पराजित गरेको थियो भने नेदरल्याण्ड र अष्ट्रियासंग हार बेहोरेको थियो ।अन्तिम १६ मा स्विडेनलाई २–१ ले हराउदै युक्रेन क्वाटरफाइनलमा पुगेको हो । यस अघिका प्रतियोगितामा युक्रेन समुह चरण भन्दा माथि जान सकेको थिएँन । सन् २०१२ र २०१६ मा पनि युक्रेन समुह चरणबाट नै बाहिरिएको थियो ।

इंग्ल्यान्ड समुह डि को बिजेता बन्दै नक आउट चरण प्रवेश गरेको हो । उसले समुह चरणमा २ जित र एक बराबरी खेलेको थियो । समुह चरणमा उसले क्रोएसिया र चेक रिपब्लिकलाई हराएको हो भने स्कटल्याण्डसंग बराबरी खेलेको हो । अन्तिम १६ मा जर्मनीलाई २–० ले पराजित गर्दै इंग्ल्यान्ड क्वाटरफाइनलमा पुगेको हो ।

इंग्ल्यान्डले हालसम्म युरो कप जित्न सकेको छैन । सन् १९६८ मा इंग्ल्यान्ड युरो कपमा तेस्रो भएको थियो त्यो नै उसको हालसम्मको उत्कृष्ट प्रतियोगिता थियो । सन् २०१६ मा आईसल्याण्ड संग पराजित हुदै इंग्ल्यान्ड अन्तिम १६ बाट बाहिरिएको थियो ।

आज हुने २ खेलको बिजेताले फाइनल प्रवेशका एक अर्का संग प्रतिस्पर्धा गर्ने छन् । हिजो खेलबाट स्पेन र इटाली सेमिफाइनलमा पुगिसकेका छन् । स्पेनले स्वीजरल्याण्डलाई र इटालीले बेल्जियमलाई पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन् ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं