Sunday, August 1, 2021

सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुनिल कुमार पोखरेल

काठमाडौं–सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सुनिल कुमार पोखरेल नियुक्त भएकाछन् । उनलाई गत जेष्ठ २७ मा बसेको संचालक समितिको ३४५औं बैठकले प्रमुख कार्यकारी अधिकृतमा असार १८ गतेदेखि लागू हुने गरी आगामी चार वर्षको लागी नियूक्त गरेको थियो ।

पोखरेल गत बैशाख १८ गते देखि का.मु. प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए भने विगत दुई वर्षदेखि सिभिल बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतका रुपमा आवद्ध थिए। उनले शुक्रबार देखि बैंकको प्रमुख कार्यकारी अधिकृतको पदभार सम्हालेका छन् ।

उनको नेपालका विभिन्न बैंकहरु (स्ट्याण्डर्ड चाटर्ड नेपाल बैंकमा १६ वर्ष, एन.आइ.सी एशीया बैंकमा साढे ५ वर्ष, नविल बैंकमा १ वर्ष र पछिल्लो २ वर्ष सिभिल बैंक)मा २४ को वर्षको अनुभव र नेपाल बाहिर विभिन्न अन्तराष्ट्रिय बैंकहरु (स्ट्याण्डर्ड चाटर्ड बैंक, अफगानिस्तानमा साढे ३ वर्ष, म्यानमारको यूनाईटेड अमारा बैंकमा १ वर्ष र म्यानमारको एजीडी बैंकमा १ वर्ष)मा ६ वर्ष समेत गरीे कुल तीन दशक लामो बैकिंग अनुभव रहेको छ ।

डिजिटलाईजेसनको माध्यमबाट कर्मचारीहरुको कार्य क्षमतामा अभिवृद्वि गर्दै कागजरहित बैंकको रुपमा अग्रसर हुँदै तथा ग्राहकमैत्री विविध नवीन योजनाहरु ल्याउँदै बैंकले व्यवसायको आयतनमा व्यापक वृद्धि गरी शेयर होल्डरलाई उचित प्रतिफल प्रदान गर्ने कुरा बैंकका नव नियूक्त प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए ।

पोखरेलकोे विगत तीन दशकको देश तथा विदेशमा सँगालेको अनुभवले सिभिल बैंकलाई नयाँ उचाईमा पु¥याउने कुरामा आफू विश्वस्त रहेको कुरा सिभिल बैंकका अध्यक्ष इच्छा राज तामाङ्गले वताउँदै बैंकले चालु आ.व.मा व्यवसायिक आकारमा राम्रो प्रगति रहेको तथा आगामी दिनहरुमा समेत निरन्तर प्रगति अगाडि बढनेमा विश्वस्त रहेको कुरा पनि जानकारी दिए ।

यस सिभिल बैंकले चालु आर्थिक वर्षको जेष्ठ मसान्त सम्म ८८.९४ अर्व रुपैयाँको निक्षेप र ८३.६० अर्ब रुपैयाँको कर्जा विस्तार गर्न सफल भएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

२२ मुलुकसँग नाफाको व्यापार

यो पनि पढौं