Monday, August 2, 2021

पाँच विद्यार्थी संगठनले शनिबार देशभर मशाल जुलुस, २१ गते मुलुकभर प्रदर्शन गर्ने

काठमाडौं – विपक्षी गठबन्धन निकट पाँच विद्यार्थी संगठनहरुले सरकारविरुद्ध थप आन्दोलनका कार्यक्रम अगाडि सारेकाछन् ।

शुक्रबार संयुक्त बैठक बसि उनीहरूले शनिबार ७७ वटै जिल्लामा मशाल जुलुस निकाल्ने निर्णय गरेका छन् । उनीहरूले राजनीतिक, संवैधानिक र शैक्षिक क्षेत्रमा ब्याप्त प्रतिगमन र वेथितिका विरुद्ध मशाल जुलुससहित प्रदर्शन गर्न लागेका हुन् ।

त्यस्तै असार २० गते प्रतिगमनविरुद्ध विद्यार्थी आन्दोलनका पूर्वअध्यक्ष वा नेताहरुसँग अन्तक्रिया गर्ने र असार २१ गते माइतीघर मण्डला र उपत्यका बाहिरका प्रत्येक जिल्लामा प्रदर्शन गर्ने कार्यक्रम उनीहरुले सार्वजनिक गरेका छन् ।

काठमाडौं महानगरपालिकाले रत्नपार्कको भित्तेचित्र मेटाएर स्वास्थ्यकर्मीहरुको मनोबल गिराउने काम गरेको भन्दै उनीहरुले, मेयर विद्यासुन्दर शाक्यलाई माफी माग्न आग्रह पनि गरेका छन् ।

शुक्रबार जारी संयुक्त विज्ञप्तिमा लेखिएको छ, ‘रत्नपार्कमा बनाइएको भित्तेचित्र मेटेर काठमाडौं महानगरपालिकाले अत्यन्तै आपत्तिजनक कार्य गरेको छ । स्वास्थ्यकर्मीहरुको मनोबल गिराउने यस निन्दनीय कार्यको घोर भर्त्सना गर्दै कामनपाका मेयरलाई तत्काल माफी माग्न आग्रह गर्दछौं ।’

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

यो पनि पढौं