Wednesday, August 4, 2021

३४ सय ५१ संक्रमणमुक्त, थप ३४ जना संक्रमितको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरस संक्रमणबाट ३४ जनाको मृत्यु भएको छ । थप २२ सय ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ४२ हजार ९६१ पुगेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ सय ९१ पीसीआर परीक्षण र ९ सय ८ एन्टिजेन गरी जम्मा २२ सय ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३४ सय ५१ रहेको छ ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं