देउवालाई समर्थन गर्ने सांसद हस्ताक्षर फिर्ता गरेर फर्कन ओलीको दुई दिने अल्टिमेटम


काठमाडौं–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने पार्टीका सासंदहरूलाई हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका छन्।

ओलीको अध्यक्षतामा शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले देउवाका पक्षमा हस्ताक्षर गर्नेहरूलाई दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए।

कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २६ सांसदले हस्ताक्षर गरेका थिए।

आजको बैठकमा केन्द्रीय कमिटीको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्ष उपस्थित भएको छैन।

बैठकममा उनले पार्टी एक रहेको र पार्टी एकतालाई कसैले ढाल्न नसक्ने बताए । उनले एमालेलाई कसैले अहिलेलाई सत्ताबाट हटाउन सके पछि चुनाव पछि बहुमत सहित सरकारमा जाने बताए ।

Leave a Reply

ताजा खबर

लटरम्म गोलभेडा

यो पनि पढौं