Sunday, August 1, 2021

अमेरिकाद्वारा नेपाली सेनालाई आउट बोर्ड मोटर सहितको रेस्कियू वोर्डहरु हस्तान्तरण

काठमाडौं – अमेरिकाले नेपाली सेनालाई आउट बोर्ड मोटर सहितको रेस्कियू वोर्डहरू हस्तान्तरण गरेको छ । छाउनी स्थित श्री जंगी असवाव खानामा एक कार्यक्रमकाबीच अमेरिकाले नेपाली सेनालाई सहयोग स्वरुप आउट बोर्ड मोटर सहितका रेस्कियू वोर्ड गोटा–४ (चार) उपलव्ध गराएको सेनाले जनाएको छ ।

अमेरिकी राजदुतावासका ओडिसी अफिस अफ डिपेन्स कोअपरेसन चिफ मेजर माइकल पी. ह्वाइटद्वारा नेपाली सेनाको विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी रामनाथ शर्मा (ढुंगाना) लाई उक्त रेस्कियू वोर्डहरु हस्तान्तरण गरेको सेनाले जानकारी दिएको छ ।

उक्त रेस्कियू वोर्ड हरु बाढी/डुवान जस्ता जलउत्पन्न विपद्का समयमा उद्धार तथा राहत कार्यमा बहुउपयोगी हुने विश्वासे लिएको सेनाले जनाएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

२२ मुलुकसँग नाफाको व्यापार

यो पनि पढौं