Sunday, July 25, 2021

छाब्दीको पुल निर्माण र बाढीपीडितलाई राहत दिन गण्डकीका मुख्यमन्त्रीलाई वरिष्ठ नेता पौडेलको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ दमौली व्यासनगरपालिकास्थित छाब्दी खोलामा पुल बगाएकोले तत्काल बेली ब्रीज वा अन्य प्रवन्ध गर्न र बाढीपीडितलाई राहतको व्यवस्था गर्न प्रदेश सरकारसँग आग्रह गरेकाछन् ।

वरिष्ठ नेता पौडेलले शुक्रबार (आज) मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई फोन सम्पर्क गरि तनहुँ दमौली व्यासनगरपालिकास्थित छाब्दी खोलामा पुल बगाएकोले तत्काल बेली ब्रीज वा अन्य प्रवन्ध गर्न र बाढीपीडितलाई राहतको व्यवस्था गर्न आग्रह गरेका हुन् । छाब्दीखोलाको पक्कि पुल बगाएपछि बुद्धसिंह मार्गमा आवतजावतमा कठिनाइ भएको छ ।

उाले मन्त्रालयबाट आवश्यक प्राविधिक पठाएर सो पुल निर्माणको प्रवन्ध गर्न, तनहुँसहित सो क्षेत्रमा भएका बाढीपहिरा पीडितलाई तत्काल राहतसहितका आवश्यक प्रवन्ध गर्न पनि अनुरोध गरेका हुन् ।

साथै अवरुद्ध बाटोघाटो सुचारु गर्न, भत्किएका संरचना सहित बाढीपहिरोले पारेको क्षतिको यकिन गरी पुननिर्माणका कामलाई अघि बढाउन बेलैमा योजनावद्ध ढंगले तयारी रहन समेत आग्रह गरेका वरिष्ठ नेता पौडेलका स्वकिय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

यस अघि उनले विपद व्यवस्थापनमा सरकारले उचित ध्यान पुर्याउन नसक्दा देशभर ठूलो मात्रामा क्षति भएको भन्दै सरकारलाई आफ्ना संयन्त्रको उचित व्यवस्थापन गर्न जोडदार माग गर्दै कांग्रेस कार्यकर्ताहरू सतर्क र सुरक्षित रहि आफ्नो स्थानबाट सक्दो सहयोग गर्न आग्रह गरेका थिए ।

Leave a Reply

ताजा खबर

यो पनि पढौं