Sunday, August 1, 2021

आफूहरूको भेटले कांग्रेसजनमा उत्साह र नवीन तरंग : प्रकाशमान सिंह


काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका तीन जना प्रत्यासीले भेटघाटले तिव्रता दिएकाछन् ।

कांग्रेस नेता प्रकाशमान सिंहले आसन्न १४औं महाधिवेशन केन्द्रित रहेर नेताहरूबीचको छलफल र भेटघाटप्रति सबैको चासो रहनु स्वभाविक रहेको भन्दै नेताहरू विमलेन्द्र निधि, डा.शशांक कोइराला र आफूबीच निरन्तर भइरहेको भेटघाटले आम कांग्रेसजनमा उत्साह र नवीन तरंग उत्पन्न गरेको सबैले महसुस गरिरहेको बताएकाछन् ।

‘यो प्रतिकूल राष्ट्रिय परिस्थितिका बेलामा कांग्रेसजन र नागरिकमा यी तीन नेता मिलेर कांग्रेस महाधिवेशनमा नेतृत्व लिने सन्दर्भमा भएको छलफलले सिंगो मुलुककै ध्यानाकर्षण गराएको छ’ उनको भनाइ छ, ‘पछिल्लोपटक चाक्सीबारीमा भएको छलफलले कांग्रेस महाधिवेशन र समग्र मुलुकको समस्याबारे महत्वका साथ विषय उजागर गरेको छ ।’

चाक्सीबारी बैठकले क्रियाशील सदस्यता सम्बन्धी समस्याको तत्कालै विधि प्रक्रिया भित्र रहेर समाधान खोज्दै महाधिवेशन केन्द्रित हुने र आज असार १८ गते शुक्रबार पार्टीको १३ औं महाधिवेशनका सभापतिको प्रत्यासी बाहेकका नेताहरूसँग छलफल गर्ने समय तय गरेको क्रियाशीलको विषय नटुंगिएको र आज नै क्रियाशील सदस्यता छानबिन समिति, पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बस्नु पर्ने भएकाले स्थगित गरिएको बताएकाछन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

ताजा खबर

२२ मुलुकसँग नाफाको व्यापार

यो पनि पढौं